Madhes Khabar
शिक्षा हेडलाइन

एसईईको रिजल्ट वैशाख अन्तिम हप्तामा

काठमाडौं,१९वैशाख:राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनका लागि तयारी तीव्र पारेको छ।

चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईको उत्तरपुस्तिका जाँचेर सकिएको र अहिले टेबुलेसनको काम भइरहेको स्रोतले जानकारी दिएको छ। वैशाखको २८ वा २९ गते नतिजा प्रकाशन हुनेछ।

स्रोतले भन्यो, ‘सबै उत्तरपुस्तिका जाँचेर सकिएको छ। अहिले टेबुलेसनको काम भइरहेको छ। वैशाखको २८ वा २९ गते नतिजा प्रकाशन गर्छौँ।’

विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन हुने गरेको थियो। यसपालि भने बोर्डले एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो।

यश वर्षकाे एसइईमा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए।

Related posts

शिक्षक संघ पर्साकाे अध्यक्षमा जयसवाल सर्वसम्मत चयन

MadhesKhabar

वीरगन्जको ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्र प्रहरीलाई व्यपारीहरुले कुटेर लखेटे

MadhesKhabar

सरकारसंग जग्गा माग्दै वीरगन्जमा दलित सुकुम्बासीहरुको प्रदर्शन

MadhesKhabar

Leave a Comment