Madhes Khabar
लुम्बिनी प्रदेश

रोल्पामा जीप दुर्घटना : मृतक २० मध्ये ९ जनाकाे शव मात्रै उद्दार

तस्बिर :अन्नपूर्ण पाेष्ट।

राेल्पा,१८वैशाख : रोल्पाको धार्मिकस्थल जलजला जाँदै गरेको जीप बिहीबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शव उद्दार गर्न कठिन भएको छ। अहिलेसम्म ९ शव सडकमा ल्याइएको छ ।

 

बिहीबार दिउँसो ३ बजे दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो। बाँकी शव रातभर खोचमा रहेका छन्। दुर्घटनास्थलको भूगोल अत्यन्तै अप्ठ्यारो भएकाले शवको उद्दार गर्न कठिनाइ भएको रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

 

उनका अनुसार शुक्रबार बिहानैदेखि उद्दार टोली खटिएको छ। भिरालो जमिन र सडक खन्दा झरेको ढुंगा माटोको थुप्रोका कारण शव निकाल्न गाह्रो भइहेको जनाइको छ । शवको उद्दार समेत हुन नसकेकाले मृतक कसैको पनि सनाखत हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी क्षेत्री समेत दुर्घटनास्थल गइहेका छन् ।

 

दुर्घटनास्थल घना जंगल र खोचमा भएका कारण हेलिकोप्टरबाट शव उद्दार गर्ने भनिए पनि त्यो संभव नभएको दुर्घटनास्थलमा खटिएका अधिकारीले जनाएको प्रजिअ क्षेत्रीले जानकारी दिए ।

 

दुर्घटनास्थल पुगेका सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बिहीबार राती यत्रतत्र छरिएका शवलाई दुईस्थानमा जम्मा गरेका थिए । एक स्थानमा ८ र अर्को स्थानमा १२ शव राखेर रातभर शव कुर्नुपरेको थियो । सबै शव निकाल्न भिरालो जमिनमा बाटो बनाउने काम भइरहेको छ । डोरीको सहायतबाट उद्दार टोली शवसम्म पुग्ने कोसिस गरिरहेका छन् । घटनास्थलमा प्रयाप्त डोरीको अभाव देखिएको छ । उद्दारका थप सामग्री सहित सदरमुकाम लिबाङबाट सूर्य दल गणका गणपतिको टोली समेत घटनास्थल प्रस्थान गरेको छ ।

 

दुर्घटनाको सूचना लगत्तै जिल्ला प्रहरी प्रमुख बिरेन्द्रबीर विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी समेत शुक्रबार बेलुका नै घटनास्थल पुगिसकेका छन् । पूर्वी रुकुम सिस्ने गाउँपालिका-५ टाकुराबाट जीप रिजर्भ गरी आएका तिर्थालु दुर्घटनामा परेका थिए । सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बीरेन्द्र बस्नेत समेत दुर्घटनास्थल पुगेका छन् ।

 

उनका अनुसार एकै घरका सासू, ससुरा,बुहारी र नाती समेतको मृत्यु भएको आशंका गरिएको छ । सिस्ने गाउँपालिका-५ टाकुराका १८ जना र वडा नं. ६ का दुईजनाको मृत्यु भएको अनुमान छ ।

 

दुर्घटनामा घाइते भइ जिवितै उद्दार गरिएका सिस्ने गापा-५ टाकुराका ३२ वर्षीय समन विक पूर्वी रुकुम अस्पतालबाट डिस्चार्ज भएका छन् । १८ महिला, ४ पुरुष र ४ बालकको शव रहेको प्रहरीले जनाएको छ । सबै शवको उद्दार गरी पोष्टमार्टम पश्चात् आफन्तलाई शव बुझाइनेछ ।

 

पूर्वी रुकुम सिस्नेगाउँपालिका-५ टाकुराबाट रिजर्भमा आएको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो ३ बजे रोल्पाको थबाङ गाउँपालिका- १ सलापमा दुर्घटना भएको थियो । बैशाख १८ गते जलजलामा हुने बाह्र भाई बराह र बाईस बहिनी बजुको पुजाआजाका लागि उनीहरू आएका थिए । जलजला यस क्षेत्रको ठूलो धार्मिकस्थल हो ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

निर्माणाधीन सेफ्टीट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment