
काठमाडौं,१४भदौं :नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेफ्टीट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना मजदुर हुन्, एकजना घरधनीका छोरा हुन् भने अर्का एक छिमेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रानीनगरमा भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टीट्यांकीभित्र काम गर्ने क्रममा तीनैजना अचानक बेहोस भएका थिए। उपचारका लागि अस्पताल पु¥याइएकोमा उनीहरूको मृत्यु भएको हो।
निसास्सिएर घरधनी भोलाका ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, विनयी त्रिवेणी– ७ का १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा छन्।
अक्सिजनको अभाव भएर बेहोस भएका उनीहरूलाई उपचारका लागि लगिएकोमा प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो।
घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पौडेलले तीनवटै शव पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने बताए।साभारः नयाँपत्रिकाबाट

