Madhes Khabar
राजनीति

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

काठमाडौं,१६वैशाख: रास्वपाका सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु गरिने जानकारी गराएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए ।

‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’

गुरुङ विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

Related posts

सिके राउत अन्यत्रको शक्तिबाट परिचालित तत्व हुन् : उपेन्द्र यादव

MadhesKhabar

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

MadhesKhabar

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा पूर्वमन्त्रीप्रभु साहकाे पार्टी आजपामा प्रवेश

MadhesKhabar

Leave a Comment