Madhes Khabar
राजनीति

आफ्ना सांसदलाई रास्वपाको निर्देशन : कुनै कागजातमा माननीय शब्द प्रयोग नगर्नू

काठमाडौं,१६वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।

बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ।उनले भने, ‘धेरै कुराहरू सिक्न बाँकी छ, सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।’

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० गतेदेखि उम्मेदवार क्लबको अभ्यास गर्ने रास्वपाको तयारी छ। उनले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन दिएको जानकारी गराए। झाले भने, ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ।’

Related posts

वीरगन्ज–१० आदर्शनगरमा घरदैलो गर्दै कानुले भने : रास्वपालाई जिताएर नयाँ युग सुरु गरौं

MadhesKhabar

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई दियो अनुमति

MadhesKhabar

रास्वपा उम्मेदवार साहले भने : बाराको विकासका लागि रास्वपाको विकल्प छैन

MadhesKhabar

Leave a Comment