वीरगन्ज,१वैशाखः पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ मा अवस्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ भवन निर्माण गर्न थालिएको छ ।
उक्त विद्यालयमा ७ करोड २५ लाख रुपैयाँको लागतमा तीन तल्ले विद्यालय भवन निर्माण गर्न थालिएको हो । मंगलबार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् ।
नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा निर्माण गर्न लागिएको भवनका लागि ६ करोड ५३ लाख रुपैयाँ भारत सरकारले तथा ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाले उपलब्ध गराएको छ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक लगायतकाको पनि उपस्थिती थियो ।

