Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको सानदार जित

वीरगन्ज,२६ चैतः प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लब विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदनमा भएको खेलमा पुलिसले कर्णली प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।

पुलिसले दिएको २ सय ६२ रनको लक्ष्यका साथ जवाफी व्याटिंगमा उत्रिएको कर्णाली ४५.२ ओभरमा अलआउट हुदैं २ सय १३ रनमै समेटिएपछि खेल पुलिसले जितेको हो । उसका लागि अर्जुन घर्तीले ४६ रन र सुनिल धमलाले ३४ रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।बलिंगतर्फ पुलिसका ललित राजवंशी एक्लैले ५ विकेट र करण केसीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। उसका लागि दिनेश खरेलले उत्कृष्ट ८२ रनको योगदान दिए भने अमित श्रेष्ठले ३० रन जोडे।

बलिंगतर्फ कर्णालीका प्रकाश जैशीले ३ तथा अनुज चनराले २ विकेट लिए । बिहीबारको उक्त खलमा ९.२ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिएका पुलिसका ललित ‘प्लेयर अफ द म्याच’ घोषित भए।

 

Related posts

पाकिस्तान टी–२० विश्वकप क्रिकेटको फाइनलमा

MadhesKhabar

पाेखरिया गाेल्डकप फुटबलको मन्त्री क्षेत्रीले गरे उद्घाटन,वीरगन्जको विजयी सुरुवात

MadhesKhabar

सखुवा प्रसाैनीमा आयाेजित टि-२० क्रिकेटको उपाधि कालिकामाईले जित्याे

MadhesKhabar

Leave a Comment