काठमाडौं,२२ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष सिंह,तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुंगाना,तत्कालीन लेखापाल सावित्री कुमारी गिरी र तत्कालीन खरिदार मनद कुमार चौधरी सूडीविरुद्ध ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिना गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा ईशिता ट्रेडर्स तथा सोका प्रोपाइटर पशुपति नाथ पाठकलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारले आर्थिक वर्ष २०७६/०७७ मा बायो शौचालय खरिद कार्यमा वदनियतपूर्वक आपसी मिलेमतोमा भुक्तानीसमेत दिइ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध आरोप– पत्र दायर गरेको हो।साभारःअन्नपूर्णपोष्ट

