बारा,२७ चैत:बारामा प्रहरीले लागू औषध गाँजासहित एक जना पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१४ का ४२ वर्षीय सोम बहादुर मोक्तान रहेका छन्।
हेटौंडाबाट परवानीपुरतर्फ आउदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई पथलैया चाेकमा प्रहरीले चेक जाँचगर्दा अटो भित्र लुकाएर राखेकाे अवस्थामा ३२ केजी गाँजा बरामद गरेकाे हाे।
प्रहरीले गाँजा र अटोसहित त्यसका चालक मोक्तानलाई नियन्त्रणमा लिएर नुसन्धान अगाडि बढाएको जनाएको छ ।

