Madhes Khabar
समाचार

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटे

काठमाडौं,२२चैत:शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको पुष्टि गरे । ‘बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं,’ ठाकुरले भने ।

गत शुक्रबार मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा गृहमन्त्री सुधन गुरुङको निर्देशनमा अग्रवाल पक्राउ परेका थिए ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

आइतबार यही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।साभार:अनलाइनखबर

Related posts

नेपाल राष्ट्रिय शिक्षक संगठन सखुवा प्रसाैनीकाे अध्यक्षमा थारु चयन

MadhesKhabar

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राहुल गुप्ता वीरगन्जमा सम्मानित

MadhesKhabar

निजगढमा बस पल्टिदा २३ जना घाईते

MadhesKhabar

Leave a Comment