वीरगन्ज,२७ चैतः नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित वीरगन्जका युवा पत्रकार राहुल गुप्तालाई नेपाल फोटो पत्रकार महासंघ पर्सा कार्यसमितिले सम्मानित गरेको छ । शुक्रबार नेपाल फोटो पत्रकार महासंघ पर्सा कार्यसमितिले गुप्तालाई सम्मानित गरेको हो ।
चितवनको सौरहामा हालै सम्पन्न महासंघको तेस्रो महिाधिवेशनमा गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्।
सम्मान कार्यक्रममा बोल्दै लाई सम्बोधन गर्दै नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष सफल खतिवडाले केन्द्रिय सदस्यमा गुप्ता निर्वाचित हुदाँ वीरगन्ज र पर्सा जिल्लाको पहिचान राष्ट्रिय स्तरमा अझ बढ्ने बताए। उनले गुप्ताको नेतृत्व र अनुभवले फोटो पत्रकारिताको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
यसैगरी, नवनिर्वाचित केन्द्रीय सदस्य गुप्ताले आफूलाई गरिएको सम्मानप्रति हार्दिक आभार व्यक्त गरे। उनले फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शम्भु सुमन, नेपाल फोटो पत्रकार महासंघ पर्साका पूर्व सचिव तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य तिवारी यादव ,आरोहण साहलगायतको उपस्थिति रहेको थियो।

