Madhes Khabar
समाचार

बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१९जेठः
बारामा पोखरीमा डुबेर एक बालक सहित दुई जनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीय यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति साढे ९ बजे बिरनाथ , घर देखि ५ सय मिटर पश्चिमपट्टी रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । बुधबार अपरान्ह घाँस काट्न भनेर हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४÷५ जना बच्चाहरुसँग मिया गाँउको पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए । उलाइ घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा बुधबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Related posts

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

वीरगन्जका पत्रकाहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

MadhesKhabar

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

MadhesKhabar

Leave a Comment