Madhes Khabar
स्थानिय

वीरगन्जमा लापसे गरी सवारी चलाउने ३ जना चालक ट्राफिक प्रहरीको फन्दामा

वीरगन्ज,२०चैतःट्राफिक प्रहरीले वीरगन्जमा पनि लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने चालकहरुको चेकजाँच अयभान सुरु गरेको छ ।

शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा ट्राफिक प्रहरीले लापसे चेकजाँच गर्दा ३ जना चालकले लागू पदार्थ सेवन गरेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवालले जानकारी दिए ।

उनका अनुसार, शुक्रबार बिहान गण्डक चोकमा ३४ जना सवारी चालकको लापसे चेकजाँच गर्दा ती मध्ये ३ जना चालकले लागू पदार्थ सेवन गरेको भेटिएको हो । चेकजाँचका क्रममा ३ जना चालकमा लागू पदार्थ सेवन गरेको पुष्टि भएको ट्राफिक प्रहरीले जनाएको छ। ती चालकहरूविरुद्ध आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै चालकहरूमा सचेतना अभिवृद्धि गर्ने उदेश्यले वीरगन्जमा लासपे चेकजाँच अभियान सञ्चालन गरिएको उनले बताए । उनले यो अभियानलाई वीरगन्जसहित पर्सा जिल्लका सबै ठाँउमा निरन्तरता दिइनेपनि जानकारी दिए ।

 

Related posts

पर्सागढी नगरपालिकाका लेखाप्रमुख आठ महिना देखि कार्यालयमा नआउदा सेवाग्राहीलाइ सास्ती

MadhesKhabar

पर्सामा नयाँ नियम: अब डीप बाेरिङ गाड्न जिल्ला विपद व्यवस्थापन समितिबाट अनुमति लिनुपर्ने

MadhesKhabar

अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

MadhesKhabar

Leave a Comment