Madhes Khabar
समाचार

सशस्त्र प्रहरीका इन्स्पेक्टर घुस रकमसहित पक्राउ

जनकपुरधाम,२०चैत: धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज(शुक्रबार) बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ ।

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।त्यही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।साभार:अनलाइनखबर

Related posts

पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

MadhesKhabar

शहिदहरुको सपना साकार पार्नु सबै नेपालीको साझा दायित्व : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

पर्सामा सशस्त्र प्रहरीद्वारा एक वर्षमा २९ करोडको सामान बरामद, २१ जना हुण्डी कारोबारी पक्राउ

MadhesKhabar

Leave a Comment