Madhes Khabar
समाचार

पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

फाइल तस्बिर।

वीरगन्ज,१असारःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ भतौडामा प्रहरीले एक घरमा छापा मारेर लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरक्षिक मोहनजंग बुढा थापाको नेतृत्वमा खएिको टोलीले भतौडाका सुजमल चौधरी मलाहको घरमा शनिबार दिउँसो छापा मारेर उनको घरबाट लागू औषध गाँजा २२ केजीसहित सुरजमलका छोरा २२ बर्षिय अमित कुमार चौधरी मलाहलाई नियन्त्रणमा लिएको हो ।

गाँजासहित पक्राउ परेकाा अमितलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको हिरासतमा राखेर कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Related posts

वीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश (फोटो फिचर सहित)

MadhesKhabar

एमाले–जसपा तालमेलमा अलमल छैन, डा. मधुलाई जिताउन आग्रह गर्दछु : राजकुमार गुप्ता

MadhesKhabar

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प

MadhesKhabar

Leave a Comment