Madhes Khabar
समाचार

‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश बर्णवाल वीरगन्जबाट पक्राउ

वीरगन्ज,२८साउनः विभिन्न व्याक्तिलाई ठगेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश बर्णवाललाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ गणेशटोलस्थित डेराबाट बुधबार बिहान बर्णवाललाई पक्राउ गरेको हो । उनि वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका स्थायीबासिन्दा हुन् ।

कृष्ण कुशवाहाको नाममा बर्णवालले काटेको २२ लाख चेक भजाउन जादा उनले खाता नै बन्द गरेको भेटिएपछि कुशवाहाले बर्णवालविरुद्ध प्रहरीमा जाहेरी दिएको र त्यहि जाहेरीका आधारमा उनलाई नियन्यत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनिविरुद्ध ठगी सम्बन्धि कसूरमा मुद्धा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

बर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ असुली गरेर नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएको आरोप पनि छ ।बर्णवालले ‘अभियान डिजिटल वल्र्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ ,‘ऋषि आदिवासी तेल’ लगायतका व्यापार सञ्चालन गर्दै आएका छन् ।

 

Related posts

खानेपानी क्षेत्रकाे पूँजीगत खर्च शतप्रतिशत सुनिश्चित गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

भिस्वा नाकाबाट ठूलाे परिमाणमा लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

MadhesKhabar

पर्सा–२ मा विरुवागुठीमा एकैदिन सबै वडामा घरदैलो, कांग्रेस उम्मेदवार चौरासीयाको मतदातासँग प्रत्यक्ष संवाद

MadhesKhabar

Leave a Comment