Madhes Khabar
समाचार

पर्सामा सशस्त्र प्रहरीद्वारा एक वर्षमा २९ करोडको सामान बरामद, २१ जना हुण्डी कारोबारी पक्राउ

वीरगन्ज,२ साउनःपर्सामा सशस्त्र प्रहरीले एक वर्षमा झण्डै २९ करोड रुपैयाँ बराबरको तस्करीको (भन्सार राजस्व छलेर भित्र्याइएको ) मालसामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले वीरगन्ज नाकासहित पर्सा जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१÷८२ मा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएका कपडा,हार्डयेयर,मोटरपाट्र्स,औषधि लगायतका गरी २८ करोड ९२ लाख ५० हजार १९९ रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

गत आर्थिक वर्षमा सबै भन्दा बढी भदौं महिनामा ३ करोड ५६ लाख ६४ हजार रुपैयाँको र सबैभन्दा कम १ करोड ५५ लाख ३ हजार रुपैयाँ बराबरको सामान बरानमद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादु्र सिंहले जानकारी दिए ।

गत आर्थिक वर्षमा बरामद गरिएका सामानमध्ये ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ बरबारको सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बाराको पथलैयाििस्थत राजस्व अनुसन्धान कार्यालयमा र बाँकी सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताए ।

यस्तै गत आर्थिक वर्षमा पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको अर्थात हुण्डीको १ करोड १५ लाख ९० हजार २२ रुपैयाँसहित त्यसमा संलग्न २१ जनालाई पक्राउपनि गरेको सिंहले जानकारी दिए ।

उनका अनुसार, गत एक वर्षमा पर्साका विभिन स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजा ४२३ केजी,चरेस ३९ केजी, खैरो हेरोइन ३.२ ग्राम,ट्रामाडोल २ लाख २३ हजार ३९० पिस,नाइट्रोभेट ६ हजार ८७६ पिस बरामद गरेको छ । यस्तै गत एक वर्षमा सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानमा गरी १६ बिघा ५ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्टपनि गरेको सिंहले जानकारी दिए ।

Related posts

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाकाे मृत्युु

MadhesKhabar

सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना

MadhesKhabar

फागुन ४ देखि १८ गतेसम्म प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसारको समय तोकियो

MadhesKhabar

Leave a Comment