Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

रामनवमीका दिन गहवामाई मन्दिरमा यसवर्ष पनि भव्य महाआरती उत्सव आयोजना हुदैं

फाइल तस्बिर ।

वीरगन्ज, ७ चैत : वीरगन्जको ऐतिहासिक एवं धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा यसवर्षपनि रामनवमीका दिन महाआरती उत्सव आयोजना गरिने भएको छ ।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव ‘रामनवमी’ का दिन चैत १३ गते गहवामाई मन्दिर परिसरमा महाआरती उत्सव आयोजना गरिन लागिएको हो ।

गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी चैत १३ गते शुक्रबारका दिन साँझं ६ बजेदेखि गहवामाई मन्दिरको अगाडिको प्राांगणमा भव्य महाआरती उत्सव आयोजना गर्ने निर्णय गरेको हो। ्
विगतका वर्षहरूमा झैँ यस वर्षपनि रामनवमीका दिन आयोजना गरिने महाआरती उत्सवलाई व्यवस्थित गर्न कार्यसमिति सदस्य मुकेश कुमार साहको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ।

बैठकमा कार्यसमितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष रविशंकर अग्रवाल तथा सदस्यहरू दिना प्रसाद गुप्ता, सिताराम प्रसाद उपाध्याय, मुकेश प्रसाद साह, अनुप कुमार अग्रवाल लगायतकाको पनि सहभागिता थियो ।

Related posts

गर्मी झन् बढेपछि वीरगन्जका विद्यालयहरु थप एक साताका लागि बन्द

MadhesKhabar

श्रोत नखुलेको साढे २२ लाख रुपैया सहित दुइ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

पत्रकार महासंघ पर्सामा पत्रकारकै संगठनहरुले गरे तालाबन्दी

MadhesKhabar

Leave a Comment