Madhes Khabar
स्थानिय हेडलाइन

पत्रकार महासंघ पर्सामा पत्रकारकै संगठनहरुले गरे तालाबन्दी

वीरगन्ज,१८मंसिरःवीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्बद्ध विभिन्न तालाबन्दी गरेका छन् । प्रेस चौतारी नेपाल पर्सा,प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलबार संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

सदस्यता विवादका विषयमा दुई महिनापहिले काठमाडौंमा सम्पन्न जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाले गरेको निर्णयलाई लत्याउँदै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकाले त्यसैको विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले बताए ।

उनका अनुसार, राष्ट्रिय भेलाले जिल्ला शाखा र प्रदेश समितिले गरेको सिफारिसको आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको थियो ।तर केन्द्रिय कार्यसमितिले जिल्ला र प्रदेश समिलिे गरेको सिफारिस भन्दा बाहिरका व्याक्तिहरुलाई पत्रकार महासंघको सदस्यता दिएको सूची मंगलबार सार्वजनिक गरेको भण्डारीले बताए । जुन आँफुहरुलाई कदापी मान्य नभएको भन्दै उनले जिल्ला र प्रदेशको सिफारिस भन्दा बाहिरका व्याक्तिहरुलाई सदस्यबाट नहटाएसम्म पर्सामा पत्रकार महासंघको निर्वाचन हुन नदिने चेतावनीपनि उनले दिए ।

उनका

Related posts

घाइते राष्ट्रिय कबड्डी खेलाडी सागरलाई भेटेर खेलकुदमन्त्री जयसवालले दिए सहयोगको आश्वासन

MadhesKhabar

वीरगन्जको शम्सानघाटमा गाडिएको बालककाे शव प्रहरीले खनेर निकाल्याे,आमा-बुबा दुवै पक्राउ

MadhesKhabar

भारतले निर्यात खुल्ला गरे लगत्तै वीरगन्ज नाकाबाट धान–चालमको आयात बढ्यो

MadhesKhabar

Leave a Comment