Madhes Khabar
राजनीति

कांग्रेसले समानुपातिकमा १५ महिला र ५ जना पुरुष सांसदको नाम लगायो टुंगो

काठमाडौं,१ चैतः नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची तयार पारेको छ। आइतबार बसेको कार्यसम्पादन बैठकले समानुपातिकतर्फ २० जना सांसदको सूची तयार पारेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुषको नाम टुंगो लगाएको हो। उनले महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाएको बताए।

निर्वाचन आयोगको पत्राचारअनुसार नै नामावली टुंग्याएको उनको भनाइ छ। ’आयोगको निर्णयअनुसार नै बन्दसूची तयार पारेका छौं। सम्भवतः त्यसमा फेरबदल हुँदैन,’ उनले भने। प्रवक्ता चालिसेले छिट्टै कांग्रेस बैठक बसेर निर्वाचनको समीक्षा गर्ने बताए।

Related posts

मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताएर पठाउछौँ

MadhesKhabar

ओली–लेखक पक्राउबारे रवि लामिछाने : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

MadhesKhabar

पार्टी फुटाउनुमा प्रचण्ड र ओलीको हात छैन : जसपा अध्यक्ष राई

MadhesKhabar

Leave a Comment