Madhes Khabar
राजनीति

ओली–लेखक पक्राउबारे रवि लामिछाने : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं,१९चैत : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएपछि आएको विरोधबारे बोलेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई स्मरणसहित न्यायको विषय बुझ्न भने।‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, यसलाई प्रतिशोधन भन्न पाइने छैन,’ रविले भने ।

एमाले सांसद गुरू बरालले ओली र लेखकलाई रिहा गर्न माग गरेपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले विधि र प्रक्रियाको पालना गर्न विपक्षी दलहरूलाई आग्रह गरे। सत्ता परिवर्तनपछि ‘विदेशी चलखेल’ भन्ने पुरानो आरोप दोहोरिन नदिने पनि उनले बचन दिए ।

‘सत्ता छाड्नु परेपछि विदेशी चलखेल भन्ने खेल अब हुने छैन। पारदर्शी परराष्ट्र नीति अवलम्बन गरिनेछ । हाम्रो सरकारले राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ,’ उनले अगाडि भने ।

Related posts

पर्सा–४ मा कांग्रेसलाई झट्का : ठोरीका कांग्रेस सभापति श्रेष्ठसहित ३५० जना रास्वपामा प्रवेश

MadhesKhabar

कांग्रेसकाे रुपान्तरणका लागि विशेष महाधिवेशनकाे पक्षमा बारामा पनि हस्ताक्षर अभियान सुरु

MadhesKhabar

गौर हत्याकाण्ड : उपेन्द्र यादव लगायतमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश

MadhesKhabar

Leave a Comment