Madhes Khabar
राजनीति

रास्वपाले जित्यो प्रत्यक्षमा ७६ प्रतिशत सिट

काठमाडौं,२५फागुनः२१ फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७६ प्रतिशत सिट जितेको छ । १६५ क्षेत्रमध्ये १२५ सिट जित्दै रास्वपाले परम्परागत दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपादेखि मधेसवादी दलहरूको २०४८ सालयतको वर्चस्व तोडेको हो ।

२०७९ को निर्वाचनमा रास्वपा प्रत्यक्षमा ८ र समानुपातिक १३ गरी २१ सिट जितेर चौथो शक्ति भएको थियो । तर यसपटक रास्वपाले पुराना दललाई धेरै पछाडि छोड्दै आफूलाई दुई तिहाइको शक्तिमा उभ्याएको छ ।

समानुपातिकतर्फ पनि रास्वपा ६० हाराहारी सिट जित्ने अवस्थामा देखिएको छ । समानुपातिकमा ६० सिट जिते रास्वपाले दुई तिहाइ सिट जित्नेछ ।

प्रत्यक्षमा रास्वपाले ११७ सिट थपेको छ । तर, कांग्रेसले ३९ सिट गुमाएको छ । एमालेले ३६ सिट गुमाएको छ । अघिल्लोपटक ८९ सिट जितेको कांग्रेस यसपालि प्रत्यक्षमा १८ सिटमै खुम्चिएको छ ।

अघिल्लोपटक ७९ सिट जितेको एमालेले यसपालि प्रत्यक्षमा ८ सिट जित्दा एक सिटमा अग्रता लिइरहेको छ । अघिल्लोपटक १८ सिट जितेको माओवादी यसपटक ७ सिटमा सीमित भएको छ । सात सिट नै जितेको राप्रपाले यसपसटक १ सिट मात्रै जितेको छ ।
प्रत्यक्षतर्फ संखुवासभा र धनुषा १ को नतिजा आउन बाँकी छ । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

Related posts

पूर्वराजा ज्ञानेन्द्र शाह सिमरामा, समर्थकले गरे भव्य स्वागत

MadhesKhabar

सत्ता गठबन्धन भत्किन सक्ने ओलीको संकेत

MadhesKhabar

ओली–लेखक पक्राउबारे रवि लामिछाने : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

MadhesKhabar

Leave a Comment