Madhes Khabar
समाचार

होटलको कोठाबाट खैरो ब्राउन सुगरसहित दुई युवक पक्राउ

हेटौंडा,२८माघःमकवानपुरको हेटौंडाबाट प्रहरीले खैरो हेरोइन (ब्राउन)सहित दुई युवकलाई पक्राउ गरेको छ । २२० मिलिग्राम खैरो हेरोइनसहित मनहरी गाउँपालिका—३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय नेवारपानी हेटौंडाबाट खटिएको प्रहरी टोलीले मोक्तान र घलानलाई हेटौंडा—१९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको हो ।लागुऔषधको कारोबार गर्न होटलको कोठामा मोक्तान र घलान बसेको सूचनापछि होटलको कोठामा गएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए । पक्राउपश्चात् उनीहरुको शरीर खानतलासी गर्दा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Related posts

बालविवाह र दाईजो प्रथा नियन्त्रणको लागि समाजिक बहिस्कार जरुरी: अध्यक्ष साह

MadhesKhabar

पर्सा जिल्लामा ७० प्रतिशत भन्दा बढि मतदान

MadhesKhabar

कठमाडौंको टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान

MadhesKhabar

Leave a Comment