Madhes Khabar
राजनीति

पर्सागढी–४ हर्दासपुरमा आयोजित बैठकमा रास्वपाका उम्मेदवार कानुले सुने स्थानीयका समस्या

वीरगन्ज,२६माघःपर्साको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नम्बर ४ थरुवा हर्दासपुरमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। रास्वपाका उम्मेदवार सुशील कुमार कानुको विशेष उपस्थितीमा आयोजित बैठकमा बैठकमा पार्टी संगठनभित्र देखिएका अवस्था, क्षेत्रीय चुनौती तथा आगामी निर्वाचनका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

विशेषगरी युवाहरूसँग आगामी चुनावमा रास्वपाका लागि कसरी मत माग्ने विषयमा बैठकमा सहभागीहरुले राय सुझाव दिएका थिए।बैठकमा सहभागीहरुले स्थानीयका समस्याबारे उम्मेदवार कानुको ध्यानाकर्षणपनि गराएका थिए । त्यसपछि उम्मेदवार कानुले आँफु निर्वाचित भएसँगै ती समस्याको समाधानतर्फ प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कानुले लामो समयदेखि कृषकहरूले जंगली जनावरबाट कृषि क्षेत्रमा भोग्दै आएको क्षति गम्भीर समस्या भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधान छिटो खोजिने आश्वासन दिए।

Related posts

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : राप्रपाले जिते हिन्दु राष्ट्र घोषणा र संघीयता खारेज

MadhesKhabar

सखुवा प्रसौनीमा कांग्रेसको भेला : नेताहरुले आफनो आचरण सुधार्नु पर्ने कार्यकर्ताहरुको सुझााव

MadhesKhabar

गठबन्धनको आधिकारीक उम्मेदवार म नै हो : काँग्रेस नेता क्षेत्री

MadhesKhabar

Leave a Comment