Madhes Khabar
राजनीति

प्रदीप यादवको समर्थनमा वडाध्यक्ष महबुब एलाहीको नेतृत्वमा बहुअरीमा एमालेको घरदैलो

वीरगन्ज,२६माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी टोलमा सोमबार नेकपा (एमाले) पर्सा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवको समर्थनमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष महबुब एलाहीको नेतृत्वमा सञ्चालन गरिएको हो।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय जनता, नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा सूर्य छापमा मतदान गरी उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन अपिल गरेका थिए। उम्मेदवार यादव स्वयं कार्यक्रममा उपस्थित नभए पनि वडा नंबर १४ का स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागितामा अभियान प्रभावकारी रूपमा अगाडि बढाइएको थियो।

कार्यक्रममा मोहम्मद समिर अन्सारी, रफिक अन्सारी, सम्साद अन्सारी, लतिफु रहमान अन्सारी, एमानुदिन अन्सारी, जहेरुदिन अन्सारीलगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय सहभागीहरूले प्रदीप यादव जनतासँग नजिक रहेर काम गर्ने नेता भएको उल्लेख गर्दै विकास, सुशासन तथा जनसमस्याको समाधानमा उहाँको भूमिका प्रभावकारी रहेको धारणा व्यक्त गरेका थिए।

Related posts

रविले भने : छाती त थापेकै छौँ, सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छौँ

MadhesKhabar

ठोरीमा स्व.गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्दै प्रवचन कार्यक्रम सम्पन्न

MadhesKhabar

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनी

MadhesKhabar

Leave a Comment