Madhes Khabar
राजनीति

रविले भने : छाती त थापेकै छौँ, सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छौँ

काठमाडौं,२७वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधान गर्न अझै पनि छाती थापिरहेको बताएका छन् । आइतबार रास्वपाका सांसदहरूको प्रशिक्षणमा बोल्दै उनले अधिकार नपाएसम्म छाती नहटाउने स्पष्ट पारेका छन् ।

उनले आफ्नो कारणले यो समस्या खडा गरेको नभएर तीन दशकदेखि राजनीति गरिरहेका दलहरूले यो समस्या सिर्जना गरेको दाबी गरे ।

’हामीले त सुकुम्बासी समस्या समाधान गर्दै छौँ । यो समस्यालाई पुराना राजनीतिक दलहरूले भोट ब्याङकका रूपमा राखेका हुन,’ लामिछानेले भने, ’हामी यो समस्या समाधान गर्ने काममा छौँ । अझै व्यवस्थित रूपमा गर्न सकिन्थ्यो होला, कुरा सही हो, तर हामी अहिलेसम्म थापिरहन्छौँ, छाती हटेको छैन ।’

उनले व्यावहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौंलगायत ठाउँमा केहीले राजनीतिक लाभ लिइरहेको समेत बताए । ’हामीलाई मुर्दावाद भन्नुस्, केही छैन । तर, हामी अधिकार दिन्छौँ,’ उनले भने, ’कुनै पनि नागरिकलाई घरबारविहीन पार्ने छैनौँ ।’

Related posts

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

MadhesKhabar

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि मधेसका मुख्यमन्त्री सिंह संकटमा

MadhesKhabar

Leave a Comment