Madhes Khabar
राजनीति

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

मधेसखबर
वीरगन्ज,२५ असोज : सत्तारुढ गठबन्धनले सहमति विपरीत गठबन्धन दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट पूर्वसहमति विपरीत दलका नेताहरूले दर्ता गराएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति मार्फत आ–आफ्नो पार्टीका गठबन्धनमा भएको सिट बाँडफाँटविपरीत उम्मेदवारी दिने नेताहरूलाई फिर्ता हुने निर्देशन दिएका छन् । समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्ने सहमति पनि भएको छ ।

 

’सम्बन्धित पार्टी निकायहरूले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ । निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।साभारः कान्तिपुर

Related posts

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

मुख्यमन्त्री यादवको आरोप : प्रचण्ड र ओली संघीयताको घोर विरोधी हुन्

MadhesKhabar

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

MadhesKhabar

Leave a Comment