Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराम सहितका क्याम्पसमा एकै दिन स्ववियु निर्वाचन गराउन विद्यार्थी संगठनको माग

काठमाडौं,२२चैत : तीन विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पससहित स्ववियु निर्वाचन रोकिएका क्याम्पसपहरुमा एकै दिन निर्वाचन गराउन माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको बुधबार बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसहरुमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् ।

बैठकपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त ठाकुरराम सहितका क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन् ।उनीहरुले निर्वाचन हुन बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन पनि माग गरेका छन्।

तीन विद्यार्थी संगठनले ठाकुरराम सहितका क्याम्पसमा अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरवाहीका कारणले स्ववियु निर्वाचन यही चैत ५ गते हुन नसकेको आरोप लगाएका छन् ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस , काठमाडौंको अमृत साइन्स क्याम्पस, त्रिचन्द्र वहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस , नेपाल कर्मश क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, चितवनको वीरेन्द्र वहुमुखी क्याम्पस चितवन,चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्विवियु निर्वाचन गर्न बाँकी छ ।साभार : अन्नपूर्ण पोष्ट

Related posts

वीरगन्ज भन्सार कार्यालयमा रोकिएन `दस्तुरी´: व्यापारीहरु हैरान

MadhesKhabar

राजतन्त्रमा खुलेको वीरगन्ज चिनी कारखाना बहुदलमा बन्द

MadhesKhabar

जेनजी आन्दोलनपछि वीरगन्जमा जनमत पार्टीको क्रेज बढ्दै गएको अध्यक्ष सर्राफको दाबी

MadhesKhabar

Leave a Comment