Madhes Khabar
राजनीति

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको जित सुनिश्चित : उपमहासचिव योगेश भट्टराई

वीरगन्ज,२४माघःपर्सा क्षेत्र नमबर ३ को पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट तथा भेला सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले पर्सा–३ मा यसपालि एमाले उम्मेदवार रुपेश पाण्डेको जित सुनिश्चित रहेको दाबी गरे । उनले विकास, सुशासन र रोजगारी सिर्जनामा एमाले स्पष्ट भिजनका साथ अघि बढिरहेको उल्लेख गर्दै मधेसको समग्र विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताए । “पर्सा–३ बाट ऊर्जावान र योग्य उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित छ,” भट्टराईले भने ।

अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उम्मेदवार रूपेश  पाण्डेले क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट विकास दृष्टिकोण प्रस्तुत गरे । उनले पर्सा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

एमालेका पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा उपमहासचिव भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष विचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, नेता शिव पटेल, प्रमोद जयसवाल, महिला नेतृ मन्तुरा चौधरी, फुलमति चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

Related posts

करौडौं भ्रष्टाचार गरेर मधेसलाई लुटेनेलाई कडा जवाफ दिन सर्राफको अपिल

MadhesKhabar

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

सांसदको उम्मेदवारमा कांग्रेसबाट तिवारीको नाम सिफारिस

MadhesKhabar

Leave a Comment