Madhes Khabar
राजनीति

करौडौं भ्रष्टाचार गरेर मधेसलाई लुटेनेलाई कडा जवाफ दिन सर्राफको अपिल

मधेसखबर
वीरगन्ज,२० कार्तिक : पर्सा क्षेत्र नं. १ ‘ख’ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले आइतबार वीरगन्जको लक्षमणवा, श्रीपुर र भिस्वा टोलमा चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार बनेको क्षेत्रमा नै ‘लौरो’ चुनाव चिन्ह लिएर चुनाव लडेका सर्राफले मुख्यमन्त्रीले गरेका भ्रष्टाचारको बिरोध गर्दै जनतासंग भोट माग्दै घरदैलो कार्यक्रम गरेका हुन् ।

चुनाव केन्द्रित घरदैलो गर्दै उम्मेदवार सर्राफले मधेसको राजधानीसंग राउतले मुख्यमन्त्री पद साटेको भन्दै राउतले साईकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिशनको लोभमा व्यापक भ्रष्टाचार गरेको मतदातालाई बुझाउँदै लौरो छापमा आफूलाई र समानुपातिक उम्मेदवार गुड्डी जोशीलाई भोट दिन आग्रह गरे ।

बेटीको नाममा मधेसलाई लुटेर करौडौं भ्रष्टाचार गर्ने राउतलाई कडा जवाफ दिन र वीरगन्जको मर्यादा कायम गर्न आफूलाई जिताउनु पर्ने सर्राफको बिन्ती थियो ।

आफूले मधेशको हरेक धर्मसंस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेस मार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले लौरोमा मतदान गरि आफूलाई जिताउन सर्राफले अपिल गरे ।

Related posts

काँग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

MadhesKhabar

एसिड आक्रमणमा परेकी वीरगन्जकी चेली मुस्कान खातुन प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

बाँकी रहेका कामहरु पुरा गर्नका लागि आफुलाई जिताउन प्रदीप यादवको आग्रह

MadhesKhabar

Leave a Comment