Madhes Khabar
राजनीति

जनतासंगै देशको उज्यालो भविष्यका लागि कांग्रेस नै चाहिन्छ : कांग्रेस उम्मेदवार चौरसिया


वीरगंज२२,माघःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाछटैलिमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाले भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

वडा स्तरीय भेला तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौरसियाले पछिल्लो समय धेरै नयाँ पार्टीहरू उत्पादन भएको र तिनका उम्मेदवार गाउँ–गाउँ तथा टोल–टोलमा पुगिरहेको उल्लेख गरे । उनले मतदातालाई अन्य उम्मेदवारहरूसँग एउटै प्रश्न गर्न आग्रह गर्दै भने, “तपाईंको पार्टीको इतिहास के छ ? सिद्धान्त के हो ? बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा विश्वास छ कि छैन ?”

चौरसियाले देशमा शान्ति स्थापना, जनताको अधिकार सुनिश्चित गर्न र लोकतन्त्रका लागि बलिदान दिने पार्टी नेपाली काँग्रेस मात्रै रहेको दाबी गरे । साथै विकास निर्माणको क्षेत्रमा पनि काँग्रेस ऐतिहासिक रुपमा अग्रसर रहँदै आएको बताए । उनले हिजो, आज र भोलि सधैं जनताको हितमा सोच्ने पार्टी नेपाली काँग्रेसलाई यसपटकको निर्वाचनमा ऐतिहासिक विजय दिलाउन अपिल गरे । नेपाली काँग्रेसको अनवरत संघर्षपछि मात्रै देशमा प्रजातन्त्र बहाली भएको पनि उनले स्मरण गराए ।

लोकतान्त्रिक व्यवस्थामाथि लागेको अन्धकार हटाउन तथा उज्यालो भविष्य निर्माणका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको उनले बताए । जनताको हितका लागि व्यक्तिगत तवरबाट पनि सहकार्य र सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा उनले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको दाबीसमेत गरे ।

Related posts

जनकपुरको राराब क्याम्पसमा नेविसंघ विजयी

MadhesKhabar

पूर्वमन्त्री यादवसंगै वीरगन्जका मेयर, ६ जना वडाध्यक्ष लगायतका नेताहरु पनि जसपा छाडेर एमाले प्रवेश

MadhesKhabar

एमाले नेता रायमाझीकाे सांसद पद निलम्बन

MadhesKhabar

Leave a Comment