Madhes Khabar
राजनीति

एमाले नेता रायमाझीकाे सांसद पद निलम्बन

फाइल फोटो

काठमाडौं ,१असार : नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद गएको छ। एमालेको निलम्बित सचिव रायमाझीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनकाे सांसद पद गएको हो।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ।

नियमावली भनिएको छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

Related posts

पर्सा ४ : चुनावको मुखैमा जसपा र एमाले छाडेर दर्जनौ नेता कार्यकर्ता काँग्रेस प्रवेश

MadhesKhabar

संसद बिघटन गर्ने र संविधान नमान्ने एमालेलाई जनताले जवाफ दिन्छन् : रमेश रिजाल

MadhesKhabar

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

MadhesKhabar

Leave a Comment