Madhes Khabar
राजनीति

वीरगन्जमा आयोजित कार्यक्रममा २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश

वीरगन्ज,१४माघःजनमत पार्टीको युवा जनमत संघ पर्साले वीरगन्जमा सोमबार आयोजना गरेको कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

वीरगन्जमा रहेको जनमत पार्टी पर्साको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

कार्यक्रममा जनमत पार्टीका नेता तथा मधस प्रदेश सरकारका उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीहरुलार्य माला,गम्छा र टीका लर्गार पार्टीमा स्वागत गरे ।

युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादवको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य सिपु तिवारी,नेताहरु अनुराग द्धिवेदी,माधव सिंह, युवा नेता राजुराज गिरी लगायतकाकोपनि सहभागीता थियो ।

 

Related posts

काठमाडौंका मेयर बालेन शाहले दिए राजीनामा

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण संविधानकाे घाेर उल्लंघन : एमाले सचिव भट्टराई

MadhesKhabar

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

MadhesKhabar

Leave a Comment