
जनकपुर,६चैत : जनकपुरको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का मनिष कुमार यादव निर्वाचित भएका छन्।
नेविसंघका यादव सभापतिमा १ हजार १४७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका प्रशान्त झाले ७१५ मत मात्रै प्राप्त गरे।अन्य पाँच गठबन्धनका साझा उम्मेदवार गौतम कुमार यादवले भने ११८ मत मात्रै पाए ।
राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा २ हजार ६६२ मत मात्रै खसेको थियो ।

