Madhes Khabar
राजनीति

जनताको मुद्दालाई संसदमा सशक्त रूपमा उठाउँदै नतिजा आउने गरी काम गर्छु : रास्वपा उम्मेदवार सुशील कानु

वीरगन्ज,२०माघ:पर्सा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सुशील कुमार कानुले पर्साको पर्सागढी नगरपालिका–९ एकटाँगा टोलमा मंगलबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग गाँसिएका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिए ।

भेटघाटका क्रममा उम्मेदवार कानुले आफू केवल मत माग्न नभई जनताको वास्तविक समस्या बुझ्न र त्यसको समाधानका लागि स्पष्ट बाटो खोज्न आएको स्पष्ट पारे । उनले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खानेपानी र सुशासनजस्ता विषयमा स्थानीयहरूबाट उठेका आवाजहरूले आफ्नो एजेन्डा अझ स्पष्ट बनेको उल्लेख गरे ।

स्थानीय बासिन्दाले क्षेत्रका विद्यालयको गुणस्तर सुधार, युवालाई रोजगारीका अवसर सिर्जना, स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित खानेपानीको व्यवस्था र प्रभावकारी सुशासनको माग गरेका थिए ।

कानुले सबै मुद्दाहरूलाई संसद्मा बलियो रूपमा उठाउने र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, जनतासँग निरन्तर सम्पर्कमा रहेर विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउँदै उनले आगामी दिनमा पनि यस्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने बताए ।

Related posts

सर्लाही–४ मा उम्मेदवारीबारे गगन थापाले भने : सजिलो छाडेर अफ्ठ्यारो रोजेको हुँ

MadhesKhabar

बारा ३ मा एमालेका प्रदेश कमिटी सदस्य सहित ७६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

माओवादी बैठक : राष्ट्रपति बारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

MadhesKhabar

Leave a Comment