Madhes Khabar
राजनीति

पर्सा–१ मा प्रदीप यादवलाई जिताउन वीरगन्जका एमाले नेताकार्यकर्ताले देखाए एकजुटता

वीरगन्ज,१४माघःपर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले पर्सामा एमालेलाई जिताउन पार्टीका नेता र कार्यकर्ताहरु एकजुट भएर लागेको देख्दा आँफुमा उर्जा थपिएको बताएका छन् ।

बुधबार वीरगन्जमा आयोजित एमालेको वीरगन्ज महानगर कमिटीको चौंथो पूर्ण बैठकमा बोल्दै पूर्वमन्त्री यादवले पार्टीका युवा कार्यकर्ताहरुको उत्साहले पर्सामा एमालेको जित सुनिश्चित हुदैं गएको पनि बताए ।यादवले भने,‘पार्टीलाई जिताउने आधार भनेकै नेता र कार्यकर्ताहरुको मेहनत र सकृयताले हो । यसपालि पर्सामा एमालेका नेता, कार्यकर्ताहरु एकजुट भएर लागेको देख्दा हामी उम्मेदवाहरुको पनि मनोबल बढेको छ । हामीमा उर्जापनि थपिएको छ ।’

एमालेका वीरगन्ज महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा तथा केन्द्रीय सदस्य विजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वीरगन्ज महानगर इन्चार्ज विचारी यादवको पनि उपस्थिती थियो । बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन ५५१ सदस्यीय वीरगन्ज महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णयपनि गरेको छ।

बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र जनआधार मजबुत बनाउने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताले एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर ३ का उम्मेदवार रुपेश पाण्डेलगायत पार्टीका केन्द्रीय, जिल्ला तथा महानगर तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

 

Related posts

बागीलाई काँग्रेसको कारबाही : द्विवेदी , पटेल र चौधरी पार्टीबाट निष्काशीत

MadhesKhabar

पार्टी फुटेपछि वीरगन्जमा पहिलो पटक जसपाको भेला :पूर्व विधायक,मेयर सहित ७ वडाध्यक्ष सहभागी

MadhesKhabar

संविधान दिवसका दिन असोज ३ गते मधेसी दलहरुले ‘कालो दिवस’ मनाउने

MadhesKhabar

Leave a Comment