वीरगन्ज,५माघःमंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन आज (सोमबार) बेलुकीसम्म पनि नेपाली कांग्रेसले पर्साका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको छैन ।
केहि क्षेत्रमा सम्भावित उम्मेदवार र तीनका समर्थकले मंगलबार मनोनयन दर्ताका लागि ठाँउ नै तोकेर भेला हुन आह्वान गरिसकेका छन् । तर अहिले सम्म पर्साका चार वटै क्षेत्रमध्ये कुनैपनिमा पार्टीले अन्तिम निर्णय भने नगरिसकेको काठमाडौंमा रहेका कांग्रेस केन्द्यि सदस्य रामरुप कुर्मीले जानकारी दिए । उनले भने,‘ तीनै पक्ष (गगन, देयवा र शेखर पक्ष ) का शीर्ष नेताहरुबीच अहिलेपनि छलफल चलिरहेको छ। तर पर्साको हकमा भने कअहिले बेलुकीसम्म कुनैपनि क्षेत्रको उम्मेदवारको विषयमा अन्तिम निर्णय भने भइसकेको छैन ।’
कुर्मीका अनुसार, पर्सा क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसबाट फेरि पुरानै अनुहार दोहोरिने करिब करिब निश्चित भइसकेको छ । तर क्षेत्र नम्बर १ र २ मा भने विवाद कायमै छ । क्षेत्र नम्बर ३ बाट सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालको नाम करिब करिब टुंगो लागिसकेको भएपनि बाँकी दुई क्षेत्रको टुंगो नलागेकाले त्यसको पनि टुंगो लगाएर आजै रातिसम्मा चार वटै क्षेत्रको एकै साथ उम्मेदवारी घोषणा गरिने केन्द्रिय सदस्य कुर्मीले बताए ।
क्षेत्र नम्बर १ मा अनिल रुंगटा र अजय द्धिवेदी मध्ये एक जना तथा क्षेत्र नम्बर २ मा अजय चौरसिया, राजेन्द्र बहादुर अमात्य र राकेश यादवमध्ये एक जनाकलाई पार्टीले उम्मेदवार बनाउने प्रबल सम्भावना रहेको कुर्मीले बताए ।

