Madhes Khabar
राजनीति

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा आजपनि भएन सुनुवाइ

काठमाडौं,१४जेष्ठःजनता समाजवादी पार्टी नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा आज सोमबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार हेर्न नभ्याउनेमा परेको छ ।

जनता समाजवादी पार्टी नेपाल छाडेका अशोक राई, प्रदीप यादव, रेणु यादवसहितका नेताहरुले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरुको दल दर्ता गरिदिएको थियो । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

त्यस्तै आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिटपनि दिएका थिए । दुबै रिटलाई सँगै राखेर सोमबार हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् ।साभारः अनलाइनखबर

Related posts

बजेट पास हुने बित्तिक्कै संसदमा नागरिकता विधेयक पेस हुन्छ : प्रधानमन्त्री देउवा

MadhesKhabar

युवा संघ नेपालको वीरगन्ज महानगरको अध्यक्षमा चौबे चयन

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालयहरुमा बिचाैलिया र ठेकेदारहरुकाे सञ्जाल अब समाप्त गर्छाै : सांसद कानु

MadhesKhabar

Leave a Comment