Madhes Khabar
राजनीति

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा आजपनि भएन सुनुवाइ

काठमाडौं,१४जेष्ठःजनता समाजवादी पार्टी नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा आज सोमबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार हेर्न नभ्याउनेमा परेको छ ।

जनता समाजवादी पार्टी नेपाल छाडेका अशोक राई, प्रदीप यादव, रेणु यादवसहितका नेताहरुले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरुको दल दर्ता गरिदिएको थियो । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

त्यस्तै आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिटपनि दिएका थिए । दुबै रिटलाई सँगै राखेर सोमबार हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् ।साभारः अनलाइनखबर

Related posts

माओेवादी पार्टी फुट्दैछ,प्रचण्ड सरकारपनि चाँडै ढल्छ : उपेन्द्र यादव

MadhesKhabar

प्रदीप यादवको जनलहर बढ्दै , माओवादी छाडेर दुइ दर्जन युवाहरु जसपा प्रवेश

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा रहेका मतदाता भन्छन् : अब हामी रोड नालाको गफमा फस्दैनौँ

MadhesKhabar

Leave a Comment