Madhes Khabar
राजनीति समाचार

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक शुरु


मधेशखबर
वीरगंज असाढ २९ , २०७९ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बुधवार वीरगञ्जमा रहेको टाउन हलको सभागृहमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

केन्द्रिय सदस्य एव् बन तथा वातावरण मन्त्रि प्रदीप यादवका अनुसार बैठकमा देशभरीबाट ३२ कार्यकारीनी सदस्य मध्ये २४ जनाको उपस्थिती रहेको छ भने पार्टिका ४ सय केन्द्रिय सदस्य मध्ये ३ सय ५० जना भन्दा बढीको सहभागिता रहेको छ । आज बुधबार शुरु भएको बैठक बिहीबार भोलिसम्म चल्ने जनाईएको छ ।

बैठकमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको उपस्थिति भने नरहेको बताईएको छ ।

बैठकमा पार्टीका बरिष्ठ नेता अशोक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इस्तियाक राई, बन तथा वातावरण मन्त्री प्रदीप यादव, संघिय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य आङ्काजी शेर्पा, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ ।

हाल पार्टिका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रम जारी छ ।

Related posts

बिश्रामपुरको ६ कार्यपालिका सदस्य मध्ये लोसपाका ५ जना निर्वाचित

MadhesKhabar

मुस्लिम संघ पर्साका अध्यक्ष अन्सारीले सार्वजनिक माफी माग्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघकाे माग

MadhesKhabar

पर्सामा कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष यादवसहित सयौं जना जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment