Madhes Khabar
राजनीति

जनकपुरको सभामा रहबरले भने : मधेसमा विकासको विगुल फुक्न रास्वपामा आएँ

काठमाडौं,५माघः नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपामा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेसमा विकासको विगुल फुक्ने बताएका छन् ।सोमबार जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोषाा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघिका नेतृत्वले धेरै भाषण गरेर मधेसको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै अन्सारीले ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए ।

‘हिजो धेरै भाषण गरिए, तर मधेसी जनताको सपना यही जमिनमुनि गाडिएको छ । त्यो सपना यहाँको इमानदार नेतृत्व र निष्ठाले हामी सबैको प्रयासले यी गाडिएका सपना निकालेर ज्वालामुखीझैं मधेसबाट यो देशको विकासको विगुल फुकिनेछ भनेर म पनि रास्वपामा आएको छु,’ अन्सारीले भने ।
साथै, उनले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको उद्घोष मधेसले गरेको बताए ।

‘रास्वपा शान्तिले चिनिन्छ, निलो रङले चिनिन्छ । आज यो मधेसी भूमिमा मधेसको छोरा यो देशको नेतृत्वको केन्द्रमा देख्नका लागि रास्वपाले बनाएको मधेसको छोरा प्रधानमन्त्रीको रुपमा मधेसले देख्न चाहन्छ,’ उनले भने, ‘रवि लामिछानेको त्याग र बालेनको क्षमताको उद्घोष मधेसले गरिरहेको छ । मधेसले दुख चिनेको छ । मधेसले संघर्ष चिनेको छ । मधेसले संघर्ष गरेको छ । मधेसले परिवर्तनको शक्ति बुझेको छ ।’ साभारः अनलाइनखबर

 

Related posts

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

रास्वपाले ४ मन्त्रालय पाउने, रवि लामिछाने गृहमन्त्री बन्दै

MadhesKhabar

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

MadhesKhabar

Leave a Comment