Madhes Khabar
राजनीति

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौं,१४चैत: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।

आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी लिएर प्रहरी गुण्डु निवासमा आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् ।

‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।

 

ओलीसँगको परामर्शमा रहेका वरिष्ठ अधिवक्ता भट्टराईले यो पक्राउ गैरकानुनी रहेको बताए । ‘यो पक्राउको कानुनी आधार छैन, प्रथम दृष्टिमै यो गलत छ’ वरिष्ठ अधिवक्ता भट्टराईले भने ।

Related posts

पर्सा २ मा अजय चौरसिया र श्याम पेटलको लोकप्रियता बढ्दै

MadhesKhabar

असोजको पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण हुन्छ : खानेपानी मन्त्री यादव 

MadhesKhabar

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनाेनित

MadhesKhabar

Leave a Comment