काठमाडौं,२०पुस:काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनीत भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएको हो ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, आइतबार बसेकाे पार्टीका दुईवटा छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट ३३ जना केन्द्रीय सदस्यहरू पनि मनोनीत गरिएका छन्।
विवेवशील साझा र बालेन पक्षका गरी ३३ जना केन्द्रीय सदस्यलाई मनोनीत गरिएको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको छ ।

