Madhes Khabar
कृषि हेडलाइन

वीरगन्जको खाद्य व्यवस्था कम्पनीद्धारा हालसम्म किसानबाट साढे ७ हजार क्विन्टल बढी धान खरिद

फाइल तस्बीर ।

वीरगन्ज,१माघःवीरगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाले यसवर्ष हालसम्म किसाननहरुबाट साढे ७ हजार क्विन्टल बढी धान खरिद गरेको छ ।

वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पर्सा, बारा र रौतहटका किसानहरुको धान खरिद गर्दै आइरहेको छ ।
यो वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएकोमा बुधबारसम्म ७ हजार ७ सय क्विन्टल धान खरिद गरिसकेको शाखा प्रमुख पंकज झाले जानकारी दिए ।

यस वर्षदेखि टोकन प्रणालीबाट किसानहरुबाट धान खरिद गर्न थालेको जानकारी गराउँदै झाले हरेक किसानलाई ४० क्विन्टल धान खरिद गर्ने दरले टोकन बाँडिएको बताए । अहिलेसम्म किसानलाई वितरण गरिएको २ सय ७५ टोकनमध्ये बुधबारसम्ममा २ सय ४ टोकनबाट धान खरिद भइसकेको उनले जानकारी दिए ।

टोकन लिएर गइसकेका किसानले धान बिक्री गर्न नल्याएमा पाएको धान खरिदको लक्ष्य पुरा गर्नका लागि बिक्री गर्न इच्कुछ अन्य किसानबाट धान खरिद गरिने उनले बताए ।

झाका अनुसार, यस वर्ष वीरगन्जस्थित शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । त्यहि मूल्यमा धान खरिद गरिरहेको शाखा प्रमुख झाले जानकारी दिए ।शंकर आचार्य /कान्तिपुर

 

Related posts

मधेस प्रदेशमै स्तन क्यान्सर र बाँझोपनको उपचार सेवा पहिलो पटक नारायणी अस्पतालमा सुरु

MadhesKhabar

पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

MadhesKhabar

काँग्रेस सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

MadhesKhabar

Leave a Comment