Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जबाट पोखरा जाँदै गरेको बस चुरीयामाईमा दुर्घटना, १७ जना घाइते

वीरगन्ज,०७मंसिरः वीरगन्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरीयामाई मन्दिर नजिक दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पर्ने चुरीयामाई मन्दिर नजिकै ग २ ख १६२१ नम्बरको बस शुक्रबार बिहान ९.२० बजे ब्रेक फेल भई सडक छेउ खोलाको डिलमा पल्टिएको हो ।

दुर्घटनामा १७ जना घाइते भएकोमा ती मध्ये २ जनाको अवस्था सामान्य, १४ जनाको मध्यम र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Related posts

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

MadhesKhabar

वीरगन्जमा ठूलाे परिमाणमा लागू औषधसहित रिक्सा चालकलाई पक्राउ

MadhesKhabar

जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार

MadhesKhabar

Leave a Comment