वीरगन्ज,१माघ:नेपाली कांग्रेसको दाेस्राे विशेष महाधिवेशनबाट पर्साका दुई जना नेता कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पर्साबाट पूर्वमन्त्री तथा पूर्वसांसद सुरेन्द्र प्रसाद चाैधरी र रामरुप प्रसाद कुर्मी कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।
चाैधरी थारु खुल्लातर्फकाे केन्द्रीय सदस्यमा र कुर्मी मधेसी खुल्लातर्फकाे केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
चाैधरीले सुरुमा केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेकाे भएपनि बुधबार राति नेताहरुबीच भएको छलफलमा केन्द्रीय सदस्यमै उम्मेदवारी दिने सहमति भएपछि उनले थारु खुल्लातर्फकाे केन्द्रीय सदस्यमा मनाेनयन दर्ता गराएका थिए।

