Madhes Khabar
राजनीति

रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप

फाइल तस्बिर ।

कास्की,२०कार्तिक:सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद थप गरेको छ । उक्त म्याद थपको समय कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ ।

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।साभार:ईकान्तिपुर

Related posts

ठाेरीमा कांग्रेसले सप्ताह व्यापी कार्यक्रम गरेर मनायाे विपी स्मृति दिवस

MadhesKhabar

बजार छपकैयामा राप्रपा उम्मेदवार नरेश साहको चुनावी घरदैलो

MadhesKhabar

म मन्त्री बन्दिनँ : गगन थापा

MadhesKhabar

Leave a Comment