
वीरगन्ज, १९ बैशाख : बैशाख १० मा भएको उपनिर्वाचनमा बारा– २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले मंगलबार आज सांसद पदको शपथ लिने भएका छन् ।मंगलबार दिउँसो १ः०० बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतका साथ निर्वाचित भएका थिए । उनले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरेका थिए ।
यसअघि उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले वैशाख १५ गते नै सांसद पदको शपथ लिईसकेका छन् । यादव भने त्योदिन बारामै रहेकाले त्यसबेला उनको शपथ ग्रहणको कार्यक्रम भएको थिएन ।

