Madhes Khabar
राजनीति

बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदैं

वीरगन्ज, १९ बैशाख : बैशाख १० मा भएको उपनिर्वाचनमा बारा– २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले मंगलबार आज सांसद पदको शपथ लिने भएका छन् ।मंगलबार दिउँसो १ः०० बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतका साथ निर्वाचित भएका थिए । उनले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरेका थिए ।

यसअघि उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले वैशाख १५ गते नै सांसद पदको शपथ लिईसकेका छन् । यादव भने त्योदिन बारामै रहेकाले त्यसबेला उनको शपथ ग्रहणको कार्यक्रम भएको थिएन ।

Related posts

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

पार्टी फुटेपछि वीरगन्जमा पहिलो पटक जसपाको भेला :पूर्व विधायक,मेयर सहित ७ वडाध्यक्ष सहभागी

MadhesKhabar

पर्सा–४ मा काँग्रेसको चुनावी अभियानले लियो गति : घरघरमा पुग्न थाले उम्मेदवार रमेश रिजाल

MadhesKhabar

Leave a Comment