Madhes Khabar
राजनीति

पर्सा–४ मा काँग्रेसको चुनावी अभियानले लियो गति : घरघरमा पुग्न थाले उम्मेदवार रमेश रिजाल


वीरगंज २६,माघः पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता रमेश रिजालले जिराभवानी गाउँपालिका वडा नम्बर–१ बलुवा तथा वडा नम्बर–२ सेढ्वा क्षेत्रमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार रिजालले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाहरू सुनेका छन्। कार्यक्रममा कांग्रेस कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उम्मेदवार रिजालले लोकतन्त्रको रक्षा, विकास निर्माणको तीव्रता र जनताको अधिकार स्थापित गर्न नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने बताए । उनले भने,“जनताको घर–आँगनमै आएर मैले यहाँका समस्या र पीडा बुझ्ने प्रयास गरेको छु । पर्सा क्षेत्र नम्बर–४ लाई विकासको नयाँ उचाइमा पु¥याउन कांग्रेसको नेतृत्व आवश्यक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा ठोस योजना सहित म तपाईंहरूसँग प्रतिबद्ध छु।”

उनले जनताको साथ र विश्वासले मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई मत दिएर विजयी बनाउन आग्रह गरे ।  घरदैलो अभियान आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न गाउँ तथा टोलहरूमा निरन्तर सञ्चालन हुने जनाइएको छ।

Related posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

MadhesKhabar

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment