Madhes Khabar
राजनीति

पर्सा ४ काे सांसदका लागि काँग्रेसबाट रमेश रिजालकाे एकल नाम सिफारिस

मधेसखबर
वीरगन्ज ,१९ भदौं : नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य (सांसद) काे उम्मेद्वारका लागि केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरेको छ ।

आइतबार बसेको काँग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रीय समिति बैठकले रिजालको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए ।

गत २०७४ को निर्वाचनमा कांग्रस नेता रिजाल तत्कालिन राष्ट्रिय जनता पार्टी हालका लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको निकटतम प्रतिद्वन्दी भइ पराजित भएका थिए ।

आउँदो मंसिर ४ मा हुने निर्वाचनमा पनि उक्त क्षेत्रबाट विजयी बनाउने गरी केन्द्रीय पहुँच भएका नेता रिजालको नाममा सर्वसम्मत सहमति गरेर नाम सिफारिस गरिएको क्षेत्रीय सचिव बलिष्टर अहमदले बताए ।

बैठकमा जिल्ला, क्षेत्र तथा प्रदेश क्षेत्रका पदाधिकारी, ६ वटै पालिका र ३२ वटै वडाका सभापति, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Related posts

एमालेले भीम रावल र घनश्याम भुसाललाई दिएन टिकट

MadhesKhabar

जीतपुरसिमरामा राप्रपाको नगर अधिवेशनको तयारी तिब,उद्घाटन अध्यक्ष लिङ्देनले गर्ने

MadhesKhabar

मधेसी महिलाको सशक्तीकरण मेरो प्राथमिकता : डा. मधु गुप्ता

MadhesKhabar

Leave a Comment