Madhes Khabar
राजनीति

मधेसी महिलाको सशक्तीकरण मेरो प्राथमिकता : डा. मधु गुप्ता

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : आसन्न निर्वाचनको मिति नजिकिएसंगै पर्सा क्षत्र नम्बर ३ को (ख) बाट प्रदेशसभा सदस्यको लागि उम्मेद्ववारी दिनभएकी डाक्टर मधु गुप्ताको मतदाताको माझमा लोकप्रियता बढ्दै गएको देखिएको छ ।

घरदैलोको क्रममा मतदाताले जितको शुभकामना दिदै कतै टीका र फूलमाला लगाएदिएका छन् त कतै मिठाई खुवाएका छन् । जनता उनलाई जिताउन लागी आतुर रहेको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नगेन्द्र यादवले बताए ।

यादवका अनुसार , निर्वाचन लक्षित आम मतदाताको घर आँगनमा पुग्दा उनीसंग स्थानीय जनता सजिलै घुलमिल हुने तथा आफ्ना समस्या खुलेर भन्ने गरेका छन् । चिकित्सा पेशाबाट राजनीतिमा हाम्फालेकी डा.मधुले समाजमा भएका विद्यमान समस्यालाई हटाउन र महिला सशक्तीकरण गर्न आफ्नो पहिलो भूमिका हुने बताएकी छिन् ।

Related posts

पर्सा-२ की एमाले उम्मेदवार रिमा यादवको चुनाव खर्च ९ लाख १४ हजार मात्रै

MadhesKhabar

ठाकुरराम क्याम्पसमा चैत मसान्तभित्रै स्ववियु निर्वाचन गराउन थालियाे पहल

MadhesKhabar

वीरगन्जको अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : देशैभर कांग्रेसको लहर छ

MadhesKhabar

Leave a Comment